दफा १९
इजाजतपत्रवालाको दायित्व
(१) यस ऐनमा अन्यत्र लेखिएका कुराका अतिरिक्त इजाजतपत्रवालाको दायित्व देहाय बमोजिम हुनेछः-
(क) इजाजतपत्र बमोजिमको अभ्यास, क्रियाकलाप वा संयन्त्र सुरक्षित, विश्वसनीय र भरपर्दो तरिकाले स्वीकृत मापदण्ड अनुसार सञ्चालन गर्ने,
(ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका, मापदण्ड, इजाजतपत्रका शर्त तथा अवस्थाको पालना गर्ने,
(ग) नियमनकारी निकायले माग गरेको सूचना, कागजात, विवरण वा जानकारी तोकिएको अवधिभित्र उपलब्ध गराउने,
(घ) अनुगमन तथा निरीक्षण गर्दा नियमनकारी निकायलाई आवश्यक सहयोग गर्ने,
(ङ) विकिरणबाट संरक्षण वा सुरक्षा गर्ने सम्बन्धमा तोकिएका शर्त तथा मात्रा (डोज) को सीमा सम्बन्धी व्यवस्थाको परिपालना गर्ने,
(च) वातावरणमा निष्कासित भएको विकिरणको मात्रा न्यूनतम तहमा रहेको सुनिश्चित गर्ने,
(छ) संयन्त्र नष्ट वा विनाश गर्न एवं फोहोरमैलाको विसर्जन गर्न सुरक्षित प्रबन्ध गर्ने,
(ज) इजाजतपत्र बमोजिमको अभ्यास, क्रियाकलाप वा संयन्त्र बन्द गर्नु पर्ने भएमा त्यस्तो अभ्यास, क्रियाकलाप वा संयन्त्र बन्द गर्नु पूर्व नियमनकारी निकायबाट स्वीकृति लिने,
(झ) नियमनकारी निकायले समय-समयमा तोकेका अन्य दायित्व पूरा गर्ने।
(२) उपदफा (१) बमोजिमका दायित्वका अतिरिक्त आयनीकरण गर्ने
विकिरणबाट सिर्जित घटनाको कारणले हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानीको लागि इजाजतपत्रवाला जिम्मेवार हुनेछ।
(३) भरपर्दो सुरक्षाको प्रबन्ध नगरेको वा लापर्बाहीपूर्वक भण्डारण गरेको कारण चोरी भएको वा हराएको, फ्याँकिएको वा परित्याग गरिएको रेडियोधर्मी पदार्थको कारणबाट हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानीको लागि इजाजतपत्रवाला जिम्मेवार हुनेछ।
(४) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि युद्ध, वाह्य आक्रमण वा सशस्त्र विद्रोहको कारणले दुर्घटनाबाट उत्पन्न हानि नोक्सानीको लागि इजाजतपत्रवाला जिम्मेवार हुने छैन।
(५) रेडियोधर्मी पदार्थको ढुवानी गर्दा आयनीकरण गर्ने विकिरणबाट सिर्जित घटनाको कारणले हानि नोक्सानी भएमा इजाजतपत्रवाला र ढुवानीकर्ताबीच छुट्टै लिखित सम्झौता भएकोमा सोही बमोजिम र सम्झौता नभएको अवस्थामा हानि नोक्सानीको लागि इजाजतपत्रवाला जिम्मेवार हुनेछ।